बाढीले क्षतिग्रस्त तामाकोशी– मिल्टि सडक अन्तर्गत खिम्ती– किर्नेटार सडक खण्डको ठेक्का आह्वान भएको छ । सडक डिभिजन खाल्टे सिन्धुलीले सूचना जारी गर्दै ठेक्का आह्वान गरेको हो ।
गत असोजको दोस्रो साता आएको बाढीले यो खण्ड करिब १ किलोमिटर सडकमा क्षति पुगेको थियो ।सिन्धुली-खिम्ती हुदै जाने उक्त खण्ड पुनर्निर्माणका लागि ठेक्का आह्वान भएको मितिले ३० दिनभित्र आवेदन दिनुपर्ने सूचना अधिकारी सुदर्शन उप्रेतीले बताए । साथै उक्त खण्ड निर्माणका लागि ठेक्का सम्झौता भएको मितिले दुई वर्षभित्र निर्माण सम्पन्न गर्नुपर्ने उनको भनाइ छ ।
उक्त सडक पुनर्निर्माणका लागि सरकारले २५ करोड ३० लाख रुपैयाँ बजेट स्रोत सुनिश्चितता गरेको छ ।