गत चैत १५ गते भएको हिंसात्मक प्रदर्शनका क्रममा तीनकुनेस्थित घरमा आगजनी गर्ने दुई जनालाई कर्तव्य ज्यानको मुद्दामा अनुसन्धान अघि बढाइएको छ ।
उनीहरूले आगो लगाउँदै गरेको भिडियोसहितका प्रमाण भेटिएपछि कर्तव्य ज्यानको कसुरमा अनुसन्धान गरेर बयान लिने काम सुरु भएको हो । सोही घरमा पत्रकार सुरेश रजक पनि जलेको अवस्थामा मृत भेटिएका थिए । सोही घरमा आगजनी गरेको आरोपमा एटीएफ (अनवरत तत्पर फौज)का दुई कार्यकर्तालाई प्रहरीले ३१ चैतमा पक्राउ गरेको थियो ।
पक्राउ परेका रामेछापको सुनापति गाउँपालिका–१ का २२ वर्षीय सरोज गौतम र अछामको पञ्चदेवल नगरपालिका घर भएका २० वर्षीय गोकर्ण शाहीविरुद्ध कर्तव्य ज्यानको कसुरमा पनि अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी परिसरका एक अधिकृतले बताएका छन।
उनीहरूले १५ चैतमा भएको प्रदर्शनमा प्रेमबहादुर श्रेष्ठ अध्यक्ष रहेको सुनौलो इन्द्रेणी बचत तथा ऋण सहकारी संस्थाको भवनमा आगो लगाएका थिए