काठमाडौं । पोखरा थन्डर्स नेपाल सुपर लिग ९एनएसएल०को फाइनलमा प्रवेश गरेको छ ।
काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा बुधबार भएको दोस्रो क्वालिफायरमा धनगढीलाई १–० गोल अन्तरले पराजित गर्दै पोखराले फाइनलमा स्थान पक्का गरेको हो ।
स्टेफन विनोङको निर्णायक गोलमा पोखरा फाइनलमा पुगेको हो । अतिरिक्त समयको तेस्रो मिनेटमा विनोङले निर्णायक गोल गरेका हुन् । अब पोखराले उपाधिका लागि ललितपुर सिटीसँग शनिवार खेल्नेछ ।
एलिमिनेटर खेलमा पोखराले चितवनलाई ३–० को फराकिलो गोलअन्तरले हराउँदै दोस्रो क्वालिफायर्समा स्थान बनाएको थियो। धनगढी पहिलो क्वालिफायरमा ललितपुर सिटी एफसीसँग २१ ले पराजित भएको थियो।
यसैबीच आजको खेल हेर्न ब्राजिलका चर्चित फुटबलर रोबर्टो कार्लोस दशरथ रङ्गशाला पुगेका छन् । कार्लोस मंगलबार बिहान एनएसएल हेर्न काठमाडौं आइपुगेका थिए ।