काठमाडौं । नेपाल प्रहरीले नेपाली कांग्रेसकी सांसद माया राई पक्राउको संसद सचिवालयलाई जानकारी गराएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसन्धान अधिकृत हरि खतिवडाका अनुसार स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी प्रकरणमा फरार रहेकी राईलाई शनिबार साँझ पक्राउ गरिएको हो । राईराई हिरासतमा राखि थप अनुसन्धान भइरहेको जानकारी सचिवालयलाई गरिएको हो । यो सँगै राई अब निलम्बित हुनेछिन् ।
उक्त सहकारी ठगी प्रकरणमा जीवी राई फरार रहेका छन् । रवि लामिछाने र छविलाल जोशी भने धरौटीमा रिहा भएका छन् ।