काठमाडौं । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै बंगालको खाडिबाट भित्रिइरहेको जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको महाशाखाले जनाएको छ ।
जसका प्रभावले आइतबार अपराह्नदेखि मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको छ । मौसमविद् विनोद पोखरेलका अनुसार सोमबारदेखि तापक्रम घट्नेछ ।
आजै अपराह्नबाट लगभग प्रत्येक दिन वर्षाको सम्भावना महाशाखाले जनाएको छ । सोमबार अपराह्नबाट काठमाडौंलगायत पूर्वी आधा भेगमा राम्रो वर्षा हुनेछ भने सोमबारबाट तापक्रममा उल्लेखनीय कमी आउने महाशाखाले जनाएको छ ।
आइतबार कोशी र मधेश प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहने प्रक्षेपण गरेको छ ।
मधेसप्रदेश लगायत देशको पहाडी भू–भागका थोरै स्थानहरुमा तथा बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको बताएको छ। देशको हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का वर्षा÷ हिमपातको सम्भावना रहेको बताएको छ ।
आज राति कोशी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने बाँकी भू–भागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहने महाशाखाको भनाइ छ ।
कोशी र मधेस प्रदेशलगायत गण्डकी प्रदेशको पहाडी भू–भागका थोरै स्थानहरूमा तथा बागमती प्रदेश र कर्णाली प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी, गण्डकी र कर्णाली प्रदेशको हिमाली भू–भागका एक–दुई स्थानमा स्थानमा हल्का वर्षा÷हिमपातको सम्भावना रहेको छ ।