काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र सत्ता साझेदार दल नेपाली काङ्ग्रेसका सभापति शेर बहादुर देउवाबीच भेटवार्ता भएको छ ।
शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा झन्डै २ घन्टा दुई नेताबीच छलफल भएको उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए ।
उनका अनुसार, दुई नेताबीच पछिल्लो समसामयिक राजनीतिक घटनाक्रमबारे छालफल भएको हो । विशेषगरी पछिल्लो पटक सरकार ढल्ने भन्दै भएका प्रचार र उक्त भ्रम चिर्नेगरी दुई नेताबीच छलफल भएको पौडेल बताउँछन् ।
प्रधानमन्त्री ओली र सभापति देउवाले हिजोबाट सुरू भएको संसदको बजेट अधिवेशनबारे पनि छलफल गरेका छन् ।
आन्दोलनरत शिक्षकका माग सम्बोधन, कक्षा १२ को परीक्षा, बजेट निर्माण, गभर्नर नियुक्ति लगायतका विषयमा उनीहरूबीच छलफल भएको थियो ।
उनीहरू साढे ७ बजेदेखि साढे ९ बजेसम्म छलफलमा बसेका थिए ।