काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले शिक्षकहरूको शान्तिपूर्ण आन्दोलनमा सरकारले घुसपैठ गरेको आरोप लगाएको छ ।
प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उपमहासचिव जनार्दन शर्माले सरकारले शिक्षकहरूमाथि अश्रुग्यास, पानीको फोहरा, लाठी प्रहार हानेको टिप्पणी गरे ।
उनले सरकारले शिक्षकहरूको माग पूरा गर्नुको सट्टा दमन गरेको भन्दै भर्त्सना गरे । संविधान निर्माणसँगै नयाँ ऐन बनाएर शिक्षालाई नयाँ दिशा दिनुपर्ने भए पनि अहिलेसम्म नबनेकोमा असन्तुष्टि जनाए ।
उनले विगतमा सरकारहरूले शिक्षकसँग गरेको सम्झौता कार्यान्वयन नगरेर धोखा दिएको बताए ।