प्रमोद आत्रेय ,आज मिती २०७९/११/१४ गते आईतबार रास्वपा का केन्द्रिय उपसभापति तथा पुर्व श्रममन्त्री डिपी अर्याल ज्यु प्रदेश नम्बर १ को संगठन विस्तार कार्यक्रमका लागी कन्चनपुरको बेदकोट नगरपालिका जयशंकर सामुदायिक बनको खेलमैदान आउदै हुनुहुन्छ।रास्वपा प्रति आस्थावान , शुभेच्छुक लगायत देशको जटिल परिस्थितीलाई किनारा लगायरै छाड्नु पर्छ भन्ने हुटहुटि भएका तपाई हामि लगायत सम्पुर्ण महानुभावहरु उक्त भेलामा सरिक भई स्वतस्फिर्त ढंगले आफ्नो लिडर चयन गर्ने कार्यमा सरिक हुन सक्नु हुनेछ।
उक्त भेलामा रास्वपाका मृद्युभाषि, सरल मिजास, सभासदको कामकर्तव्य लगायत सांगठनिक सुदृढताका लागी अहोरात्र एकतत्र कटिबद्द भएर लागी पर्ने व्यक्तित्व डिपी अर्याल ज्यु लगायत रास्वपा केन्द्रिय सदस्यहरु समेतको गरिमामय उपस्थिती रहने भएकाले प्रदेश १ का आम शुभचिन्तकहरुका लागी यस भेला अर्थपुर्ण रहने छ।
मिती : २०७९/११/१४ गते आईतबार (आज)
स्थान: कन्चनपुर ,बेदकोट नगरपालिका , जयशंकर सामुदायिक बनको प्रांगण
समय: बिहानको ११ बजे