आकांक्षा पोखरेल, नेकपा माओवादीका अध्यक्ष एवंम प्रधानमन्त्री पुष्पकमल दहाल (प्रचण्ड)लाई तत्काल पक्राउको माग गर्दै सर्वोच्चमा रिट दर्ता भएको छ।सार्वजनिक स्थलमा दिएको अभिव्यक्तिलाई आधार बनाएर रिट दायर भएको हो।अधिवक्ता ज्ञानेन्द्र आरण लगायतले रिट दायर गरेका हुन।मंग्लवार दर्ता भएको यो रिटलाई लिएर यतिबेला पार्टि भित्र खैलाबैला मच्चिएको छ।त्यसपछि माओवादीले पार्टीले सर्वोच्च विरुद्ध विज्ञप्ति जारी गरेर ‘विस्तृत शान्ति सम्झौताविरुद्ध जाने अधिकार कसैलाई नभएको’ र ‘शान्ति प्रक्रियालाई नै खल्बल्याउने गरी षडयन्त्र भएको’ भन्दै भत्र्सना गरेको थियो ।
२०७६ साल माघ १ गते टुडिखेलमा भएको एक कार्यक्रममा अध्यक्ष प्रचण्डले द्वन्द्वकालिन समयमा १७ हजार मध्य ५ हजार जनाको हत्याको जिम्मा म लिन्छु भनेका थिए।यहि अभिव्यक्तिलाई नै आधार बनाएर रिट दर्ता गर्न सर्वोच्चले आदेश दिएको हो।रिटमा सुनुवाईको लागि बिहीवार पेसि तोकिएको छ