नेपालको संविधानले प्रतिनिधिसभाको सभामुख र उपसभामुख मध्ये एक जना महिला हुनुपर्ने र दुइ पदमा फरक फरक दल का व्यक्तिहरु हुनु पर्ने व्यवस्था भएकोमा इन्दिरा राना मगर रास्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक तर्फबाट प्रतिनिधिसभा सदस्य बन्नु भएको थियो। अहिले उहा उपसभामुख पदमा हुनुहुन्छ। अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर अमेरिका पुग्नु भएकी इन्दिरा रानामगर सहर घोषणापत्र (City Proclamation) बाट सम्मानित् हुनुभएको छ। उहालाई अमेरिकाको न्यू जर्सी राज्यस्थित जर्सी सिटी सहरका मेयर स्टिभन फुलपद्वारा उक्त अवार्ड प्रदान गरिएको थियो।
नारि दिवशको अवसरमा विश्वभरि विभिन्न कार्यक्रमहरु आयोजना हुने गर्छन। यस्तै एक कार्यक्रममा अमेरिकाको न्यू जर्सी राज्यस्थित जर्सी सिटी सहरमा बसोबास गर्ने नेपाली महिलाहरुले उपसभामुख इन्दिरा रानामगरलाइ प्रमुख अतिथिका रुपमा निम्तो गरी सम्मान व्यक्त गरेका थिए । उक्त कार्यक्रम को स्मरण गर्दै उपसभामुख इन्दिरा रानामगरले स्टाटस लेखि धन्यवाद ज्ञापन गर्दै खुसि व्यक्त गर्नुभएको छ।