सरकारको जवाफ देहिताका लागी देशभर प्रदर्शन भएको छ। पौष १३ गते भएको ईपिस को परिक्षाका लागी सहभागी २ विध्यार्थीलाई सरकार पक्षबाट भएको विभत्स घटनाको विपोधमा देशै भर विरोध प्रदर्शन भएको छ।
यसै क्रममा चितवन २ अन्तर्गत कालिका नगरपालिका को भद्दा चौरमा समेत सरकार विरुद्द प्रदर्शन भएको छ। युवाहरु सहभागि उक्त प्रदर्शनमा जवाफ दे शरकार , युवालाई रोजगार खै? १७०००+२ लगायतका नारा लेखियको थियो।
यता प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले बालकुमारीमा दुई युवाको मृत्यु भएको घटनाका सम्बन्धमा छलफल गर्न उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई बोलाएको छ ।समिति सचिव सुरजकुमार दुराका अनुसार बैठक सोमबार बिहान साढे ८ बजे सिंहदरबारमा बस्नेछ । उक्त बैठकमा गृहमन्त्री श्रेष्ठ र तीनवटै सुरक्षा निकायका प्रमुखलाई छलफलमा बोलाइएको छ ।
पानीजहाज बनाउने कामका लागि कोरियाली भाषा परीक्षा दिएर अनुतीर्ण भएका युवाले उत्पादनमूलक कामको भाषा परीक्षाका फारम भर्न पाउनुपर्ने माग गर्दै शुक्रबार युवाहरुले गरेको प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर दैलेखका सुजन रावत र अछामका वीरेन्द्र शाहको मृत्यु भएको थियो ।