उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचार, जालसाजी र ठगीविरुद्धको कारबाहीमा कुनै दबाबमा नपर्ने बताएका छन् प्रदेशस्तरीय सुरक्षा गोष्ठीका लागि शनिबार पोखरा पुगेका श्रेष्ठले निर्दोष व्यक्तिहरु कारबाहीमा नपरुन् भनेर सचेत हुने तर भ्रष्टाचार, जालसाजी ठगी र संगठित अपराधमा संलग्न कसैलाई पनि दबाबका आधारमा नछाड्ने बताएका हुन् ।
देशलाई यथास्थितिमा रहन दिन्नौं भन्ने कुरा सबैले बुझ्दा हुन्छ । सधैं हजुर तपाईहरु लुटिराख्नुस्, हामी सहयोग गरिराख्छौं भन्ने पक्षमा सरकार छैन’, उनले भने, ‘ देश बर्बाद हुदै जाओस्, भ्रष्टाचार पनि बढ्दै जाओस् त्यसको निम्ति हामी पनि सेवा गर्न पाऔं भनेर रातो कार्पेट बिच्छ्याउने पक्षमा छैनौं । उपप्रधानमन्त्री श्रेष्ठले अगाडि भने, ‘एक जना पनि निर्दोषलाई अनावश्यक रुपमा दुःख दिने वा उनीहरुलाई डाम्ने काम गर्ने छैनौं । कोही दोषीलाई कुनै प्रकारको दबाबका आधारमा छाड्ने काम सरकारले गर्दैन ।’