काठमाडौं – व्यवसायी तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँले राप्रपासँग वार्ता नहुने बताएका छन्।
राप्रपाका राजेन्द्र अध्यक्ष लिङदेनले भेट गरेपछि समिती बनाएको थियो। प्रसाईंले आफ्नो अभियानमा सहयोग नगरेको र बिथोल्न खोजेको आरोप लगाएका छन् समितिमा समितिमा डा धवलशम्शेर राणा र हेमजंग गुरुङ रहेका छन।
प्रसाईंले भने, “दुर्गा प्रसाईं राप्रपामा भित्रिन्छ भन्ने कुरा कल्पना भन्दा बाहिरको कुरा हो। म एमालेको केन्द्रीय सदस्य छँदै छु नि त्यो भन्दा अलिक गतिलो पार्टी। म राप्रपाका मान्छे त ल्याउँदिनँ भित्रने कुरा नगर्नुस्। हिजो बिहान आएर हात मिलाएर दिउँसो आउँछु भने आएनन्। आन्दोलन बिथोल्न रहेछ। राप्रपासँग मात्रै नभएर ओली प्रचण्डसँग पनि केही नभएर वार्ता गर्नु।’
उनले आफ्नो अभियान अब लघुवित्त, सहकारीहरूलाई गाउँ पस्न रोक्दै आम हडतालको तयारीमा जुटेको बताए।
उनले थपे, ‘भोलिदेखि हाम्रो अभियान सुरु हुन्छ। गाडी र यातायात व्यवसाय पनि बन्द हुन्छन्। काठमाडौंका नाका पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म सबै बन्द गर्छौँ। म तपाईँहरू हिँडेर यहाँ आउनुपर्दैन। उही महेन्द्र राजमार्गमा सुत्ने। अब यो आन्दोलनले तस्कर र नेताका घरमा ढुंगा हान्छन्। अब नेता नलखेटी हुँदैन।’