काठमाडौँ – अब कुशको राजा आउछ भनेका पुर्व प्रधानमन्त्री ओलीलाई सडकमा उत्रिएको राप्रपाले दियो मुखभरिको जवाफ दिएको छ। कुश भनेको बिष्णुको अवतार भएको र कुश आउछ भनेपछि स्वत राजा आएको हो भन्दै सडकमा उत्रिएका हुन्।
आन्दोलनमा राप्रपाका नेताहरुले राजसंस्था र हिन्दु राष्ट्र पुनःस्थापनासहित ४० बुँदे माग राख्दै काठमाडौंमा प्रदर्शन गरेको हो ।
जनताको पक्षमा रहेर काम गर्न , निश्पक्ष रहेर काम गर्न प्रदेशको संरचना खारेज गरेर अधिकार प्राप्त दुइ तिहाइ को सरकार हुनुपर्ने भन्दै बिरोध प्रदर्शन गरेको हो।
भ्रष्टाचार नियन्त्रण, देश र जनताको दिर्घकालिन हितको लागि माग राख्दै राष्ट्रका विकास, सुशासन, सेवाप्रवाह प्रति पनि ध्यान आकर्षण गर्नु पर्ने भन्दै प्रदर्शनमा उत्रिएको हो।
देशमा रोजगारीको अवसर हुनुपर्ने, रोजगारिको अवसर नहुदा देशका छोरी बुहारी अरुको देशमा गएर दुख पाएका छन्,देशमै रोजगारीको सिर्जना भए यतिसम्मको बिजोग हुने थिएन भन्दै प्रदर्शनमा उत्रेका हुन्। देशमा छोरा छोरीले रोजगारी पाए आफुले
पाउने बृद्ध भत्तासम्म नलिने भन्दै सडक उत्रिएका हुन्।