काठमाडौं – राप्रपाकी सांसद रोशन कार्कीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ब्यङ्ग्य गर्दै प्रयोग गरेको शब्दप्रति सत्तारुढ दलहरुले आपत्ति जनाएका छन् ।
बिहिबार बसेको प्रतिनिधिसभा बैठकमा राप्रपाकी सांसद रोशन कार्कीले बोल्ने क्रममा प्रधानमन्त्रीले फटाहा बोल्ने गुण बोकेको बताएपछि थिङले नियमापत्ति गरेकी हुन् ।
‘प्रतिनिधि सभा नियमावली २०७९ को नियम २१ को घ बमोजिम निमापत्ति गर्न चाहन्छु ।
‘यहि सदनमा सम्माननीय प्रधानमन्त्रीलाई फटाहा शब्द प्रयोग भयो । त्यसकारण यो शब्द अलि अश्लिल भएकोले मैले नियमापत्ति जनाएको कांग्रेस साम्सद थिङ्गले बताएकी हुन्।
आसनबाट उठेर कांग्रेस सांसद तिमिल्सनाले प्रधानमन्त्रीका सम्बन्धमा प्रयोग भएको गलत शब्द हटाएर जानुपर्ने बताए ।