काठमाडौं- नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक स्थगित भएको छ ।
दिउँसो १ बजे बस्ने भनिएको बैठक स्थगित भएको हो । नेताहरुको जिम्मेवारी हेरफेरको लागि बोलाइएको बैठक प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्यव्यस्तताको कारणले बैठक स्थगित भएको जानकार दिएको हो।
बैठक आइतबार बिहान ११ बजे पार्टी कार्यालयमै बस्नेगरी बैठक सारिएको छ। ’हिजोको बैठकमा अभियानबारे समीक्षा र तराई मधेश अभियानको घोषणा भयो । कार्यविभाजनको बारेमा छलफल गर्ने समय पुगेन । अब आइतबार बस्ने बैठकले टुंग्याउँछ ।’
माओवादीको हिजोको बैठकले काम गर्ने नेताहरुलाई सम्मान र नगर्नेलाई सजाय गर्ने घोषणा गरेको थियो ।