काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीले तीन प्रदेशमा महामन्त्री हटाएको छ। कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका महामन्त्रीलाई हटाएको छ ।
कोशी प्रदेशका महामन्त्री लालबिक्रम थापा अनियमिततामा मुछिएको र गण्डकीका महामन्त्री अशोक खड्का र सुदूरपश्चिमका महामन्त्री भोजराज जोशी कार्यक्षमता कमजोर भएको भन्दै जिम्मेवारीबाट हटाइएको बताए ।
बागमती प्रदेशकी महामन्त्री जिता बरालले कार्य व्यस्ततालाई कारण देखाउँदै महामन्त्रीको भूमिकाबाट हटाएको बताएकी हुन् बराल २०७९ मंसिरको प्रतिनिधि सभा निर्वाचनमा चितवन निर्वाचन क्षेत्र नम्बर ३ मा उम्मेदवार थिइन्।
सुदूरपश्चिमका महामन्त्री भोजराज जोशीले पनि आफैं बिदा लिएको बताइएको छ जोशी केन्द्रीय विधेयक मन्थन विभागका सदस्यसमेत छन्।
‘पार्टी गठन हुँदा पद ओगट्ने तर जिम्मेवारी वहन गर्न नसक्ने प्रवृत्ति देखिँदै आएको बताए । सुदूरपश्चिम र बागमती प्रदेशका महामन्त्रीहरूले कार्यव्यस्तताका कारण आफू पदमा बसिरहन नसक्ने भन्दै भूमिकाबाट अलग भएको बताए।
कोशी प्रदेशका महामन्त्री लालविक्रम थापाले इटहरी उपमहानगरपालिका वडा नम्बर ९ स्थित जनता माध्यमिक विद्यालयको नाममा रहेको जग्गा भोगचलन गरेर भाडा नतिरेको विषय बाहिर आएकाले निलम्बन गरिएको बताए ।
थापाको विषय अध्ययन गरेर प्रतिवेदन बुझाउन प्रदेश सभापतिलाई जिम्मा दिएका र सोहि विषय निरूपण नहुँदासम्म उहाँलाई निलम्बन गरिएको हो बताए ।
थापा २०७९ सालको प्रतिनिधि सभाको निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवारसमेत थिए।
गण्डकी प्रदेशका महामन्त्री अशोक खड्का भने कार्यसम्पादन मूल्यांकनमा कमजोर ठहरिएको बुझ्नमा आएको छ ।
मातहतका कमिटीको नियमित कार्यसम्पादन मूल्यांकन गरिरहेको र यसमा कमजोर देखिएपछि खड्का हटाइएको बताए।
यस्तै रास्वपाले कर्णाली प्रदेशको कमिटी नै विघटन गर्ने निर्णय गरेको छ। गत फागुन ६ गते बसेको सचिवालय बैठकले कर्णालीको प्रदेश कमिटी विघटन गरेर तीन महिने विशेष अभियान चलाउने निर्णय गरेको थियो।
त्यहाँको प्रदेशदेखि जिल्ला हुँदै वडा तहको सम्पूर्ण संरचना विघटन गरिएको सहमहामन्त्रीले जानकारि दिए ।