काठमाडौँ। गृहमन्त्री रवि लामिछानेले आफूहरु कामका लागि सूची बोकेर आएको बताएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवंगृहमन्त्री भएको दुई दिनपछि सामाजिक सञ्जाल मार्फत आफू कम्प्रोमाइज नहुने बताएका छन् । ‘चेक लिस्ट’ सहित आएका छौं । ‘कम्प्रोमाइज’ हुन्न । केही समय ‘होम वर्क’ मा रहनेछौं,’ गृहमन्त्री रविले लेखेका छन् ।
उपप्रधान सहित गृह मन्त्रालयको जिम्मेवारी रविले सम्हालेका छन् । उपसभापति डीपी अर्यालले श्रम तथा रोजगार मन्त्रालय, सहमहामन्त्री सुमना श्रेष्ठले शिक्षा, विज्ञान तथा प्रविधि र संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले युवा तथा खेलकुद मन्त्री बनेका छन् । साथै गृहगृहमन्त्री लामीछानेले नारी दिवसको शुभकामना पनि व्यक्त गरेका छन्।