काठमाडौँ। बढुवा, सरुवा वा नियुक्तिका लागि ‘सोसफोर्स’ लगाउन खोज्नेको मूल्यांकन नम्बर घटाइदिने सिक्षा मन्त्री सुमना श्रेष्ठले चेतावनी दिएकी छिन ।
आज सामाजिक सञ्जालमार्फत मन्त्री श्रेष्ठले मन्त्रालय वा मातहतका निकायमा आफ्नो वा आफ्नो पार्टीको नाम लिएर, कुनै साइनो लगाएर अनुचित नियुक्ति, सरुवा, बढुवाका लागि सोर्सफोर्स लगाउन खोज्नेको मूल्यांकनमा ०.५ नम्बर घटाइने चेतावनी दिएकी हुन्। ।
‘शिक्षा मन्त्रालय वा मातहतका निकायहरुमा मेरो नाम लिएर वा पार्टी, कर्मचारीमार्फत वा कुनै पनि साइनो लगाएर कुनै पनि किसिमको अनुचित नियुक्ति वा अनावश्यक सरुवा, बढुवाका लागि सोर्सफोर्स लगाउन कसैले खोज्छ भने उसको मूल्यांकनमा ०.५ नम्बर घटाइनेछ । सोर्सफोर्स वा बार्गेनिङको गन्ध मात्र पनि थाहा पाउनुभयो भने उजुरी गर्नुहोला । हामीले अनुसन्धान गरेर तत्काल कारबाही गर्नेछौं,’ उनले लेखेकी छिन।
मन्त्री श्रेष्ठले कहिँकतै भर्ना वा छात्रवृत्तिमा आफ्नो वा कर्मचारीहरुको नाम लिएर बार्गेनिङ गर्न आएमा प्रमाणसहित खबर गर्न समेत बताएकी छिन । त्यस्ता व्यक्तिमाथि निमर्मतापूर्वक कारबाही गरिने जानकारी दिएकी छिन।