काठमाडौँ। इलाम २ को उपचुनावमा १५ वैशाखमा हुने उपनिर्वाचनमा नेकपा एमालेले उम्मेदवार टुंगो लगाएको छ । आज बसेको सचिवालयको बैठकले सुहाङ नेम्वाङलाई उम्मेदवार बनाएको हो।
बैठकले ‘सिंगो पार्टी शक्ति उम्मेदवार विजयी गराउन केन्द्रित हुने र अरु पार्टीहरुलाई पनि आफ्नो उम्मेदवारलाई सहयोग गर्न अपील गर्ने निर्णय गरेको छ।
एमालेले यसअघि सुवास नेम्वाङका छोरा सुहाङ नेम्वाङ, रविन्द्र सुवेदी, नरेन्द्र भट्टराई, देवी क्षेत्री दुलाल, बुद्धि खनाल, र रिप्पल राईको नाम केन्द्र पठाएको थियो।
सुवास नेम्वाङको भदौ २५ गते निधन भएपछि त्यहाँ उपनिर्वाचन हुन लागेको हो ।
उक्त रिक्त क्षेत्रमा वैशाख १५ गते चुनाव हुँदैछ।