काठमाडौँ। प्रमुख प्रतिपक्षी कांग्रेसले सहकारी प्रकरणको छानबिन निष्पक्ष गराउनका लागि गृहमन्त्रीबाट रवि लामिछाने राजीनामा दिन सुझाएका छन्।
सहकारीको रकम हिनामिना प्रकरणमा गृहमन्त्रीको नाम जोडिएको भन्दै उनले छानविन निष्पक्ष तुल्याउन पद छोड्नु उपयुक्त हुने बताएका हुन् ।
प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सांसद दिलेन्द्र प्रसाद बडूले छानविनको निष्पक्षता र विश्वसनीयतालाई सुनिश्चित गर्न गृहमन्त्रीले स्वेच्छिक रुपमा जिम्मेवारीबाट बाहिरिनुपर्नेमा जोड दिए ।
‘ग्यालेक्सी टेलिभिजनमा १० करोड रुपैयाँ आएको को कि होइन ? १ करोड रुपैयाँ रवि लामिछानेको नाममा जम्मा भएको भन्ने आयो । यदि यो उहाँ नै हो भने छानविनको निष्पक्षता र विश्वसनीयतालाई अझ सुनिश्चित गर्नका निमित्त उहाँले छानविन नसकिदाँसम्म म जिम्मेवारीबाट बाहिरिन्छु भनेर गर्दा हुन्थ्यो भन्ने हाम्रो अपेक्षा हो । त्यसकारण यो अवस्था हुन्छ कि हुँदैन ? त्यो भइदियो भने छानविन निष्पक्ष र विश्वसनीय हुन्छ । अहिलेको आवश्यकता नै त्यति हो’, उनले भने ।
संविधानमा यो व्यवस्था छैन कि कसैमाथि छानविन हुँदैछ है भनेर पूर्वजानकारी गराइदिएर चिट्ठी लेख्नुपर्ने कारण के रहेछ ? कुन संविधानको व्यवस्था हो ? कुन नियमावलीको व्यवस्था हो ? हामी बुझ्न सकिरहेका छैनौँ । त्यसकारण यो कसैलाई ह्यारेसमेन्ट गर्ने मात्रै उद्देश्य हो कि ?, बडुले भने,’अनुमान त जे पनि लगाउन सकिने भयो । सावधान होउ यस्तो हुँदैछ, आफ्नो ठाउँ लिइहाल भनेको पो हो कि ? के अर्थ हो यसको ? हामी बुझ्न सकिरहेका छैनौँ ? यसले कतै, कुनै किसिमको पूर्वाग्रह राखेको हो कि ? शंकाको ठाउँ छ।