काठमाडौँ। नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले केन्द्रको नयाँ समीकरणलाई केन्द्र र प्रदेशमा समर्थन गर्ने निर्णय गरेको छ ।
बुधबार नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठको अध्यक्षतामा टीकापुरमा बसेको संस्थापक केन्द्रीय सदस्यको बैठकले संघ र प्रदेश सरकारमा नयाँ गठबन्धनलाई समर्थन गर्ने निर्णय गरेको हो ।
आजको बैठकमा २१ संस्थापक केन्द्रीय सदस्य मध्ये १२ जना उपस्थित रहेको बताइएको छ । संस्थापक केन्द्रीय सदस्य रमेश बिकले सबै तहको सरकारमा सत्ता गठबन्धनलाई समर्थन गरेर अघि बढ्ने निर्णय गरेको जानकारी दिए ।