काठमाडौँ। नेपाली काँग्रेसकी केन्द्रीय सदस्य एवम् प्रतिनिधि सभा सदस्य डा. आरजु राणा देउवाको थाइराइडको शल्यक्रिया गरिएको छ ।
थाइराइड सम्बन्धी समस्याबाट पीडित सांसद डा. आरजु राणाको भारतमा शल्यक्रिया भएको हो । भारतको नयाँ दिल्लीस्थित म्याक्स हस्पिटलमा शल्यक्रिया भएको बताइएको छ ।
आरजुका स्वकीय सचिव कमल रावलका अनुसार हाइपर पाराथाइराडिज्मको शल्यक्रिया हिजो सफलतापूर्वक सम्पन्न हो । उहाँको स्वास्थ्यमा क्रमशः सुधार आएको रावलले जानकारी दिएका छन् ।
चिकित्सकको परामर्शअनुसार उनी अझै केही समय अस्पतालमै रहेर उपचार गर्नुपर्ने रावलले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।