काठमाडौं । युवतीलाई ब्ल्याकमेल गरेको आरोपमा पक्राउ परेकी अनेरास्ववियु नेतृ रक्षा बम हिरासतमुक्त भएकी छन् ।
सरकारी वकील कार्यालय काठमाडौंले बाहिर राखेर अनुसन्धान गर्न अनुमति दिएपछि रक्षालाई छोडिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए ।
अनेरास्ववियुको स्थायी कमिटी सदस्यसमेत रहेकी बमलाई मंगलबार बालाजु क्षेत्रबाट प्रहरीले पक्राउ गरेको थियो ।
उनीमाथि रस्मिलाकुमारी धामीको मोबाइलमा अनाधिकृत पहुँच बनाएर ब्ल्याकमेलिङ गरेको आरोप छ ।