काठमाडौँ। एक अर्काको कटर विरोधी र आलोचक धरानका उपमेयर हर्क साम्पंग र गृहमन्त्रीबीच भेटवार्ता भएको छ। उनीहरुले आज सिंहदरबारमा भेट गरेका हुन्।
एक-अर्काको खरो आलोचना गर्ने गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङबीच सिंहदरबारमा आजछलफल भएको छ। सामाजिक सञ्जालमा एक – अर्काको खरो आलोचना गर्ने यी दुइले आज सिंहदरबारस्थित गृह मन्त्रालयमा भेटघाट गरेका हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेको खोइरो खन्दै आएका मेयर साम्पंगले आज भेट गरि सुधारबार’को अभियानमा निम्तो समेत दिएका छन्। हिज्रो राति राति काठमाडौँ आएका मेयरले आज गृहमन्त्री संग भेट गरेका हुन्
भेटमा मेयर साम्पाङले लागुऔषध दुर्व्यसनी नियन्त्रणका लागि हरेक शुक्रबार आफूले चलाइरहेको ‘सुधारबार’ अभियानमा सामेल भइदिन निम्ता दिएको थिए।
गृहमन्त्री लामिछानेले निम्तो स्वीकार गर्दै अभियान मा सामेल हुने बताएका छन्त्य. त्यस्तै, मेयर सम्पाङले इलाका प्रहरी कार्यालय धरान र जिल्ला ट्राफिक कार्यालयको भवन निर्माणका लागि पनि गृहमन्त्री लामिछानेको ध्यानाकर्षण गराएका छन् ।
धरानमा सशस्त्र प्रहरीको गुल्म स्थापना र सुरक्षाकर्मीका लागि पर्याप्त सोत -साधन व्यवस्था गरिदन उनले मन्त्रीसँग माग राखेको स्रोतले जानकारी दिएको छ.
सामाजिक सञ्जालमा जथाभावी ‘ लेखेर चर्चासँगै पटक पटक विवादमा पर्ने गरेका मेयर साम्पाङ लामिछाने र राष्ट्रिय स्वतन्त्र पार्टीको कट्टर आलोचक हुन् ।
रास्वपालाई उनले कुनै राजनीतिक आधार नभएको समूह भनी कटाक्ष गर्दै आएका छ्न । त्यस्तै, पहिचान र संघीयताविरोधी पार्टी भन्दै रास्वपामाथि बेलाक्बेलामा खनिरहेका हुन्छन। उनले बेलाबखतमा लामिछानेका राजनीतिक गतिविधिविरुद्ध पनि कडा टिप्पणी गर्ने गर्छन् । सामाजिक संजाल मार्फत राष्टिय स्वतन्त्र पार्टीका बारेमा कताक्ष गर्दै आलोचना गरिरहंछन। राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्षसमेत रहेका लामिछानेलाई मन्त्रालयमा भेट्दै मेयर साम्पाङले धराने जनताका केही सरोकारका माग तेर्स्याएका छन् । केही दिनयता सामाजिक सञ्जालमा राष्ट्रिय स्वतन्त्र पार्टी र अध्यक्ष लामिछानेविरुद्ध मेयर साम्पाङ्गले तारनतार स्टाटस लेख्दै आएका थिए ।
यता लामिछानेले भने मेयर साम्पाङले मन्त्रालयमै आएर राखेका माग र गरेका गुनासोमा आफू गम्भीर रहेको बताए । उनले साम्पाङ्गका माग सम्बोधनको प्रक्रिया सुरु गर्न कर्मचारीलाई उनले निर्देशनसमेत दिएका छन् ।
प्रहरीलाई ‘आम नागरिकलाई भरोसा गलत गर्नेलाई डर’ हुने संगठन बनाउने प्रतिवद्धता जनाउँदै लामिछानेले तीनै तहका सरकारबीच प्रभावकारी सहकार्यसहित विशेष अभियानमा जोड दिए ।
इलाम-२ को उपचुनावको सन्दर्भमा पनि हर्क साम्पाङ्गले रास्वपामाथि कटाक्ष गरिरहेका छन् । शुरुमा माओवादी केन्द्र छाडेर स्वतन्त्र उम्मेद्वारी घोषणा गरेका मिलन लिम्बूको पक्षमा उनले प्रचार थालिसकेका थिए । तर, मिलनलाई रास्वपाले उम्मेदवार बनाएपछि हर्कले पहिचानवादी समूहका डकेन्द्रसिंह लिम्बूको समर्थनमा छन् ।
मेयर साम्पाङले आजै अर्थमन्त्ती वर्षमान पुनसँग पनि भेट गरेका छन् । अर्थ मन्त्रालयमा भएको भेटमा उनले सप्तकोशी नदीबाट लिफ्टिङ गरी धरानसम्म पानी ल्याउन सकिने योजनाबारे जानकारी गराएका छन । उक्त योजनालाई सम्पन्न गर्न करिब ५ अर्ब बजेट लाग्ने भन्दै उनले सहयोगका लागि मन्त्री पुनको धानाकर्षण गराएको बताइएको छ ।