काठमाडौँ। सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले चैत्र २२ गते विश्वासको मत लिने भएका छन् ।
नेकपा माओवादी केन्द्र र समाजवादीले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाह फागुनको २३ गतेदेखि अल्पमतमा परेका थिए ।५३ सदस्यीय प्रदेश सभामा कांग्रेसका १८ सांसद रहेका छन् भने नाउपाका ७ सांसद रहेका छन् ।
सुदूरपश्चिममा बहुमतका लागि २७ प्रदेश सभा सदस्य आवश्यक पर्दछ । नाउपामा विवाद बढेपछि मुख्यमन्त्री शाहको संकट बढेको छ । नाउपाले विश्वासको मत दिने नदिने बारेमा कुनै कुराको खुलासा भएको छैन । सुदूरपश्चिममा माओवादीका सभामुख सहित ११, एमालेका उपसभामुख सहित १०, एकीकृत समाजवादीका ४, राप्रपा १ र स्वतन्त्र १ सांसद रहेका छन् । संविधान अनुसार चैत्र २२ गते विश्वासको मत लिने अन्तिम दिन पनि हो ।