काठमाडौँ। गृहमन्त्री लामिछानेले सदनमा उठेका विषय सदनमै उभिएर दिनुपर्ने बताएका छन्।
उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले मंगलबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले सहकारी लगायतका विषयमा सदनमा उठेका प्रश्नको जवाफ सदनमा दिने अवसर पाउनुपर्ने बताएका छन् ।
लोकतन्त्रमा प्रतिपक्षीले आफूलाई लागेका कुराहरू सदनमा उठाउन पाउनुपर्ने विषयलाई आफूले सम्मान गर्ने भन्दै उनले आफूले पनि सदनमा नै त्यसको जवाफ दिने अवसर पाउनुपर्ने बताए।