काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पदबाट राजीनामा दिएका छन् । बिहीबार प्रदेशसभा बैठकमा सम्बोधन गर्दै उनले राजीनामाको घोषणा गरेका हुन् ।
यस अघि माओवादी र एकीकृत समाजवादीले सरकार छोडेपछि उनले आज विश्वासको मत लिने तालिका रहेको थियो । तर उनले विश्वासको मत नलिएर राजीनामा दिएका हुन् ।
लुम्बिनीमा नेकपा (माओवादी केन्द्र)का जोखबहादुर महरालाई मुख्यमन्त्री बनाउन चार दलबीच सहमति भएको छ । माओवादी, नेकपा (एमाले), नेकपा )एकीकृत समाजवादी) र एक स्वतन्त्र सांसदबीच सहमति भएको हो ।