काठमाडौँ। पुर्व लडाकु कमाण्डर कालीबहादुर खामलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । व्यापारी रामहरी श्रेष्ठको हत्याको अभियोगमा पक्राउ परेका खामलाई चितवन जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो।
१५ वर्षदेखि फरार रहेका खामलाई प्रहरीले मंगलबार काठमाडौंको ठमेलबाट पक्राउ गरेको थियो ।उनलाई बुधबार विहान चितवन ल्याइएको थियो ।
सर्वोच्च अदालतबाट बुधबार साँझ मिसल झिकाएपछि खामको बयान लिइएको थियो । सरकारी तथा वादीका तर्फबाट ३ जना र प्रतिवादीका तर्फबाट ९ जना कानुन व्यवासायीले बहस गरेका थिए ।
तत्कालीन माओवादी लडाकुको तेस्रो डिभिजनका कमाण्डर रहेका बेला खामले काटेश्वरका ब्यापारी श्रेष्ठलाई घरबाट नै उठाएर ल्याउन आदेश दिएका थिए । डिभिजनमा नै कुटेर खामसहित लडाकुहरुले श्रेष्ठको हत्या गरेको अभियोग लागेको छ ।