काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक आज बस्ने भएको छ । बैठक अपराह्न ५ बजे दलको कार्यालय सिंहदरबारमा बस्ने भएको हो ।
आजको बैठकमा समसामयिक राजनीतिक, वैशाख १५ मा हुने उपनिर्वाचनको तयारी, संसदको कामकारबाहीमा पार्टीको भूमिका तथा संसदमा उपस्थितिलाई प्रभावकारी बनाउने विषयमा छलफल हुने बताइएको छ ।
संसदीय दलको बैठकमा पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूको अहिलेसम्मको कार्यसम्पादनबारे पनि छलफल हुनेछ।