काठमाडौं। उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले निर्वाचन कानून चाँडै फेर्ने हुटहुटीमा रहेको बताएका छन्।
राजनीतिक दल र निर्वाचन व्यवस्थापन सम्बन्धी कानूनहरु चाँडो संशोधन गर्न आफूभित्र हुटहुटी रहेको बताएका हुन् ।
मन्त्री लामिछानेले सञ्चारमाध्यमलाई दिएको प्रतिक्रियामा अबको समय अत्यन्तै ठूलो कोसेढुंगा सावित हुन्छ भन्ने कुरामा म एकदम विश्वस्त भएको बताएका हुन्। यसबाट लोकतन्त्र बलियो पार्ने काम हुन्छ भन्ने कुरामा हामीले छलफल गर्यौं ।’
गृहमन्त्रालयले निर्वाचन कानून संशोधनका लागि चाँडै संसदमा विधेयक प्रस्तुत गर्ने बताउँदै मन्त्री लामिछानेले भने, ‘तालुकदार मन्त्रालय भएको हुनाले गृह मन्त्रालयले यी विधेयकहरुलाई लिएर जान्छ । यहाँ समावेश भएका विषयहरुमा सदनमा छलफल हुन्छ ।’
मन्त्री लामिछानेले अगाडि भने, ‘यो विधेयकलाई अड्काउनुपर्ने कुनै कारण नै छैन । कारण छ भने अन्तिम छलफल गरौंला । त्यो अन्तिम छलफल पछाडि तुरुन्तै लिएर जान्छु म आफैं ।’