काठमाडौँ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डीपी अर्यालले एक घण्टाभित्रै श्रम स्वीकृति प्रदान गरिने बताएका छन् ।
आज गरेका पत्रकार सम्मेलनमा उनले एक घण्टा भित्रै श्रम स्वीकृति प्रदान गरिने बताएका हुन्। कार्यालयको समयभित्र अनलाइनबाट कागजात पेश गरेको एक घण्टाभित्र श्रम स्वीकृति प्रदान गरिने बताएका हुन् ।
‘वैदेशिक रोजगारीमा जाँदा श्रमिकले श्रम स्वीकृति लिन दुःख पाउने अवस्था आजदेखि अन्त्य भएको मन्त्री अर्यालले बताएका छन् ।’
आगामी दिनमा जो मन्त्री, कर्मचारी आए पनि यसले निरन्तरता पाउने अर्यालले दाबीसमेत गरेका हुन् ।