काठमाडौँ। उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले ट्राफिक सचेतना विशेष अभियानको सुरुवात गरेका छ्न।
आज काठमाडौंको न्युरोड गेटबाट सुरु भएको र्यालीमा गृहमन्त्री सहभागी भएका छन्। उक्त र्यालीमा मन्त्री लामिछाने सहभागी भई अभियानको सुरुवात भएको हो। मन्त्री लामिछानेले अभियानको उद्घाटन गरेका थिए। काठमाडौंको सभागृहमा आयोजित कार्यक्रममा मन्त्री लामिछानेने अभियानको उद्घाटन गरेका हुन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आयोजना गरेको कार्यक्रम एक साताभरि संचालन हुने बताइएको छ।
उक्त कार्यक्रममा सभ्य सडक संस्कारको माध्यमबाट दुर्घटना न्यूनीकरण तथा सडक र ट्राफिक नियम पालनामा सचेतना अभिवृद्धिका लागि अभियान सञ्चालन गरिएको ट्राफिक प्रहरी प्रमुख डीआईजी पोषराज पोखरेलले जानकारी दिएका छन्। अभियानका क्रममा पैदल यात्रीलाई १ मिनेट र चालकलाई २ मिनेटु समय दिइने बताइएको छ ।
सार्वजनिक यातायात सुधारका लागि पुर्व सचिव शरदचन्द्र पौडेल नेतृत्वको कार्यदलले दिएका सुझाव कार्यान्वयन गर्न यातायात व्यवसायीको माग रहेको छ । सुधारका लागि निजी क्षेत्र सरकारसँग सहकार्य गर्न तयार पनि तयार रहेको बताइएको छ ।
अभियानले धेरैलाई जिम्मेवार नागरिक बनाउन मद्दत गर्न काठमाडौं महानगरपालिकाको उपप्रमुख सुनिता डंगोलको भनाइ छ । ३० वर्ष अघिको सडक ऐनले वर्तमानको आवश्यकता सम्बोधन गर्न नसक्ने भएकाले संशोधन गर्नु पर्ने डंगोलले औंल्याएकि हुन् ।
गृहमन्त्रीको भनाइ :
सडकसँग सम्बन्धित सरकारका निकाय र निजी क्षेत्रबीच सार्थक सहकार्य आवश्यक। ऐन, कानुन सुधारमा समन्वयात्मक भूमिका निर्वाह गर्ने प्रतिवद्ता व्यक्त। नागरिकको सुरक्षा सरकारको पहिलो प्राथमिकता भएकाले सडक सुधारमा ध्यान दिनुपर्ने। ‘रोड टेष्ट’ बिना लाइसेन्स दिने विद्यमान व्यवस्थामा सुधार गर्नुपर्ने।
यातायात सुधार कार्यदलको प्रतिवेदन तत्काल उपलब्ध गराउन आग्रह, कार्यान्वयनमा लैजाने। अब ट्राफिक प्रहरीको बोली नरम, कारबाही कडा हुने। हाल तिराउने गरिएको जरिवाना बढाइने। ट्राफिकलाई दिने गरिएको इन्सेन्टिभ (हाल बन्द) लाई निरन्तरता दिइने। चालकसँग १र२ सय लिएर संगठनकै वेइजत नगर्न आग्रह, सरकारले वृति-विकासमा ध्यान दिने। दुर्घटना संख्यालाई पनि कार्य सम्पादन मूल्यांकनको विषय बनाउने। नेताको हात समाएर बढुवा हुने गलत अभ्यास सच्याएर बढुवालाई स्वचालित प्रणालीमा लैजाने।