काठमाडौं – पछिल्लो समय नेपालमा बेरोजगार समस्या धेरै नै बढ्दै गएको छ । तेस्को प्रभाब देशमा निकैनै परेको देख्न सकिन्छ। देश छाडेर विदेश जाने धेरैनै बढ्दै गैरहेका छन् । बेरोजगारको समस्या विकराल बन्दै जाँदा शिक्षित युवा, विभिन्न व्यवसायमा संलग्न व्यक्ति, प्रहरी कर्मचारी र जनप्रतिनिधिहरू रोजगारीका लागि विदेश पलायन हुन थालेका छन् । जसमा थपिएका छन्, राप्ती गाउँपालिका वडा नम्बर ८ का वडाध्यक्ष चन्द्रबहादुर गुरुङ ।
वडाध्यक्ष गुरुङ रोजगारीका लागि विदेश पलायन भएका छन् । २०७९ सालमा नेकपा एमालेबाट निर्वाचित गुरुङ रोजगारीका लागि बेलायत गएका हुन् । ४० लाख ऋण भएकाले ऋण तिर्न नसकेपछि उनी रोजगारीका लागि विदेश गएका हुन् । वडा अध्यक्षमा निर्वाचित हुनु अघिसम्म सोही वडा कार्यालयमा कार्यालय सहयोगी थिए ।