पुष ११। काठमाडौँ :राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा जानू आफैमा गलत होइन र हुन सक्दैन।सरकारमा बसेर आफ्ना एजेन्डा भुल्यो भने बल्ल गलत हुन्छ र तपाइहरु निर्धक्क हुनुस राष्ट्रिय स्वतन्त्र पार्टीले तपाइहरुको बिस्वास लाई घात गर्दैन। प्रतिपक्षमा बसेर कराउदा केही हुनेवाला छैन। म पहिला टेलिभिजन मा पनि त्यही काम गरेकै हो तर केही हुन सकेन। अब राष्ट्रिय स्वतन्त्र पार्टी राजनितिक सिस्टममा प्रवेश गरि सकेको छ, तपाईको हरेक समस्याहरू हरेक एजेंडामा आज पनि त्यतिकै नै प्रतिबद्ध छौ र रहने छौं। धैर्य राख्नुस र हेर्दै जानुस त्यस पछि मूल्याङ्कन गर्नु होला। कहिले काहीं नाली सफा गर्न नाली भित्रजानुपर्छ हुन सक्छ केही बेर आफ्नो हात खुट्टा फोहर देखिएला ,प्रतिपक्षमा बसेर विरोध गर्दैमा देश विकास हुँदैन सरकार निर्माणको लागि बाधक बन्न हुदैन । देस मध्यावधि चुनावमा नजाओस्, र देश को ढुकुटी खर्च नहोस स्थायित्व कायम रहोस :- रबी लामिछाने !
राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा जानू गलत होइन आफ्ना एजेन्डा भुल्यो भने बल्ल गलत हुन्छ !
राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा जानू गलत होइन आफ्ना एजेन्डा भुल्यो भने बल्ल गलत हुन्छ !
तपाईको प्रतिक्रिया