काठमाडौं । ११ पुस, नेपाली कांग्रेसका सभापति एवं निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा सपथ ग्रहण कार्यक्रम नसकिँदै हिँडेका छन् ।प्रधानमन्त्री प्रचण्डले सपथ लिइसके लगतै देउवा बधाई दिएर हिँडेका हुन् ।देउवा हिँड्ने बेलामा प्रधानमन्त्रीको मात्र सपथ भएको थियो र अरु मन्त्रीहरुको सपथ बाँकी नै थियो । त्यसैले देउवाले अरु मन्त्रीलाई बधाई दिन भने भ्याएनन् । देउवाले पहिलो कार्यकालमा आफैं प्रधानमन्त्री हुने अडान नछाडे पछि प्रचण्ड कांग्रेससँगको सहकार्य तोडेर नेकपा एमालेसहितको दलको समर्थनमा प्रधानमन्त्री बनेका हुन् ।
यो पनि पढनुहोस
पार्टी स्थापना भएको लगभग ५/६ महिनाको दौडानमा २० सिट सांसद जित्नु चानचुने कुरै हैन! सायद नेपालको इतिहासको यो पहिलो आयम होला जहाँ पार्टी स्थापना भएको ५/६ महिनामा २० सिट जित्दै पार्टी सभापति उप – प्रधानमन्त्री सहित गृह मन्त्री बनेको! सन्चारकर्मी , सांसद हुँदै उप- प्रधानमन्त्री सहित गृह मन्त्री बन्नुभएकोमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापती रबि लामिछाने ज्यु लाई हार्दिक बधाई साथै शुभकामना व्यक्त गर्दछु । सरकारमा जानु मात्र पद प्राप्त गर्नु हैन राम्रो मान्छेले स्थान पायो भने जस्तोसुकै परिस्थिति लाई छिचोल्दै पनी सत्कर्म गर्न सक्छ भन्ने कुरा हाक्काहाक्की देखाईदिनु हुनेछ भन्ने कुरामा विश्वस्त छु । सत्कर्मको निम्ती कामना छ ।
( जे हुन्छ , राम्रैको लागी हुन्छ)