नागरिक उन्मुक्ति पार्टीले रेशम चौधरीको रिहाइ नभएमा सुदूरपश्चिम प्रदेशसभा अवरोध गर्ने चेतावनी दिएको छ । सोमबार सुरु भएको सुदूरपश्चिम प्रदेशसभाको पहिलो अधिवेशनको पहिलो बैठकमा बोल्दै पार्टीका प्रमुख सचेतक लक्ष्मण किशोर चौधरीले थारुहरुको ठूलो पर्व माघीसम्म चौधरीको रिहाइ मुख्य शर्त भएको बताए ।
उनले चौधरीको रिहाइ नभएको अवस्थामा भने प्रदेशसभाको बैठकमा अवरोध गर्ने चेतावनी दिएका छन् । ‘नेपालको नयाँ संविधान लेखन हुँदै गर्दा २०७२ सालमा टीकापुर घटना घट्यो । व्यक्तिगत स्वार्थका लागि नभएर राजनीतिक अधिकार माग्ने क्रममा घटना घट्यो । तर यो घटनाका कारण राज्यले थारु समुदायमाथि ठूलो अन्याय गरेको छ, चौधरीले भने,