राष्ट्रिय स्वतन्त्र पार्टीको तरफ बाट ललितपुर क्षेत्र न.३ बाट बिजय हुनु भएकी डा.तोसिमा कार्कीले पनि आफ्नो क्षेत्रमा अनुगमन सुरु गर्नु भएको छ। मंगलबार बिहान १० बजे देखि ललितपुर महानगरपालिका अन्तरगत पर्ने बिभिन्न वडामा रहेका स्वास्थ्य केन्द्रहरुमा पुगी त्यहाँको बारेमा बिष्तृतमा बुझ्ने काम सुरु गर्नु भएको छ,पर्या वडाहरुमा रहेको सामुदायिक अस्पताल अथवा हेथपोष्टहरुको संचालन र त्यहाँको उपचार पद्दतिहरुको बिषयमा धेरैले प्रभावकारी बन्न नसकेको र सामुदायिक अस्पतालमा आबश्यक कर्मचारी डाक्टर नर्स लगायतको कर्मचारीहरुको कम उपस्थिति हुने भएको कारणले पनि वडामा संचालन भएका स्वास्थ्य केन्द्र हरुमा सामान्य तया जनता हरुको उपस्थिति नहुने भन्ने जस्ता बिषयमा डाक्टर तोसिमाले जानकारी लिनुका साथै यस्ता सामुदायिक अस्पताल स्वास्थ्य केन्द्रहरुलाई कसरी आमजनताले सेवालिना सक्ने बनाउन सकिन्छ भन्ने जस्ता बिषयमा पनि छलफल र प्रतिक्रियाहरु पनि लिनु भएको छ
साथै आफु पनि स्वास्थ्य क्षेत्रमा काम गरिरहेको कारण यस्ता बिषयमा नितिनियम बनाउने ठाउँमा आफु रहेको कारण पनि यहाँको बास्तबिक समस्या बुझ्नु पर्ने आफ्नो जिम्मेवारी र दाहित्व रहेको बताउनु भएको छ साथ यसै क्रममा स्वास्थ्य केन्द्रहरुमा रहेका कर्मचारीहरु संग भेटघाट गरि अन्य समस्याहरुको बारेपनि छलफल समेत भएको छ बाकि यो भिडियो बाट हेर्नुहोस