काठमाडौ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नयाँ नारा पारित गरेको छ । सभापति रवि लामिछानेको राजनीतिक प्रतिवेदनसँगै राष्ट्रिय भेलाले नयाँ नारा ‘अब जान्ने बनौँ’ भन्ने पारित गरेको हो । रास्वपाले यसअघि यसअघि ‘जान्नेलाई छान्ने’ नारा लिएको थियो ।
पछिल्लो नारा सभापति लामिछानेले लिडरसिप एकेडेमीको अवधारणालाई साकार पार्न ल्याएको बताएका छन् ।
पार्टी गठनको पाँच महिनामै २०७९ को आमनिर्वाचनमा होमिँदा हामीले नारा बनाएका थियौँ जान्नेलाई छान्ने प्रतिवेदनमा लामिछानेले भनेका छन् युवा उमेरमै समाजमा राम्रो पहिचान बनाएका, उच्च शैक्षिक योग्यता भएका र नैतिक एवं राजनीतिक रूपमा इमानदार हाम्रा उम्मेदवार तुलनात्मक रूपमा ‘जान्ने’ भएकाले यो नारा दिएका थियौँ । यो नाराले अन्य लका पनि ‘जान्ने’ उम्मेदवार छान्न मतदातालाई दबाब परोस् भन्ने अभिप्राय बोकेको थियो, एक हदसम्म यसले काम पनि गर्यो ।
उनले एउटै नाराले परिवर्तित अवस्थामा चित्रण र जनभावनाको प्रतिनिधित्व गर्न नसक्ने भएकाले अब जान्ने बनौँ नारालाई सार्थक बनाउने अभियान ल्याएका बताए । यो अभियान नै लिडरसिप एकेडेमी भएको लामिछानेको भनाइ छ ।