काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालमा १४ प्रदेशको आवश्यकता भएको बताएका छन् । एक टेलिभिजनसँगको अन्तवार्तामा उनले देशमा ७ हैन १४ प्रदेशको आवश्यकता भएको बताएका हुन् । पत्रकार ऋषि धमलाले प्रदेश खारेजीको बहस बढिरहेको छ नि भन्ने प्रश्नमा प्रचण्डले प्रदेशलाई अधिकार नदिने अनि प्रदेश खारेजीको कुरा गर्नु बेइमानी हुने बताए।
७ प्रदेश सेतो हात्ती भयो नि भन्ने प्रश्नमा प्रचण्डले भने, ‘हाम्रो कुरा गर्नुहुन्छ भने हामी त १४ वटा प्रदेशको पक्षमा छौं। यसमा पहिले झण्डै झण्डै सहमति भएको थियो। १४ प्रदेश नहुनेमा के छ । प्रचण्डले समानुपातिक निर्वाचन प्रणालीभन्दा प्रत्यक्ष निर्वाचन प्रणाली बढी महंगो भएको बताए। उनले आफूहरू पूर्ण समानुपातिक प्रणालीको पक्षमा रहेको बताए ।