नेपाल कम्युनिष्ट पार्टी ( माओवादी केन्द्र ) चितवन-काठमाडौ सम्पर्क समन्वय समितिको ८ औं जिल्ला भेला सम्पन्न भएको छ। उक्त भेलामा नेपाल कम्युनिष्ट पार्टी ( माओवादी केन्द्र ) का अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड ‘ को प्रमुख आथिथ्यमा सम्पन्न भएको हो। ८ औं जिल्ला भेला बाट नयाँ कार्यसमिति समेत चयन भएको छ ,नव गठित चितवन-काठमाडौ सम्पर्क समन्वय समितिको कार्य समितिमा २९ जना रहने गरि सम्पन्न भएको छ .
अध्यक्षमा दिनानाथ न्यौपाने,बरिष्ठ उपाध्यक्ष जिवन अधिकारी,महिला उपाध्यक्ष श्रीजना देवी रंजित ,उपाध्यक्ष बासुदेव शर्मा ,सचिव रमेश दुवाडी ,सह – सचिव थम बहादुर थापा ,कोषाध्यक्ष गणेश भुषाल ,लगायत २२ जना सदस्य सहित नयाँ कार्य समिति गठित भएको छ।
चितवन-काठमाडौ सम्पर्क समन्वय समितिको ८ औं जिल्ला भेला कार्यक्रम बाट पुर्व अध्यक्ष बिष्णु कुवर,बरिष्ठ समाजसेवी तथा सामाजिक अभियान्ता सावित्री अधिकारी लगायतलाई पुर्व प्रधानमन्त्रि पुष्पकमल दाहालको हात बाट सम्मानित हुनु भएको छ।