प्रतिनिधि सभा सदस्य डा. ढाका कुमार श्रेष्ठले माघ १ गते भएको एती एयर दुर्घट्नामा परि ज्यान गुमाउनेहरुको सव बुझाउनमा ढिलाई गरेको गुनासो आए पछी टिचिङ अस्पताल पुगेर तिब्र गतिमा मृर्तकहरुको सव पोष्टमाटम गरी आफन्तलाई जिम्मा लगाउन आग्रह गर्नु भएको छ। सो क्रममा अस्पताल अवलोकन गर्दै गर्दा बिरामीहरुको चाप धेरै र बेड र कर्मचारी कम भएको गुनासो बिरामी र उनका आफन्तले गरेका थिए। भने सांसद ढाका कुमार श्रेष्ठले यो विषयलाई स्वास्थ्य मन्त्रालय र सदनमा राख्ने आस्वाशन पनि दिनु भएको थियो। हाल सम्म १४ ओटा सव पहिचान भई आफन्तको जिम्मा लगाएको अस्पतालले जनाएको छ जसमा ९ जना नेपाली, ५ जना बिदेशी र १ जना भारती नागरिक रहेका छन।
बिशेष गरि सरकारी अस्पतालहरुको स्थरुन्नातिको लागी बिशेष पहल समेत गर्ने बताउनु भएको छ,सरकारी अस्पताल भित्र हुने सेवा सुविधाहरुलाई चुस्तदुरुस्त पार्नु पर्ने र बिरामीहरुको उपस्थिति र अबस्था हेरेर स्वास्थ्य कर्मचारी लगाएत का सम्पूर्ण आबश्यक सामाग्रीहरुको पर्याप्त मात्रामा उपलब्ध गराउनु पर्नेमा जोड दिनु भएको छ साथै सरकारी अस्पतालमा देखिएको मनपरी तन्त्रको बिषयमा पनि आफुले जानकार रहेको समेत बताउनु भएको छ कतिपए सरकारी अस्पतालहरु नामका मात्रै सरकारी भन्ने गरेको त्यस भित्र अनेकौ कमाउ धन्दा समेत चलखेल हुने गरेको डा.ढाकाले न्युज एक्सप्रेस लाई बताउनु भएको छ।