नेकपा एमोलकी सांसद सुमित्रा बिसीले सरकारप्रति शंका नगर्न आग्रह गरेकी छिन् । आइतबारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले सरकार जनताको पक्षमा काम गरिरहेको बताइन् ।अध्यादेशका बारेमा धेरै कुराहरू उठेको उल्लेख गर्दै सरकारले संसद् सुरु हुनु पहिला वा संसद्को अन्त्य हुनेबित्तिकै अध्यादेश ल्याउने कुरामा प्रश्न गर्न नहुने बताइन् ।
‘अध्यादेशका बारेमा धेरै कुराहरू उठे । सुरुवातमा ल्याउने की अन्तिम भइसकेपछि ल्याउने भन्ने कुराहरू उठ्यो । यो संविधानको ११४ को धाराअनुसार संविधानले सरकारले अध्यादेश ल्याउन पाउने अधिकार दिएको छ,’ उनले भनिन्, ‘अधिकारलाई प्रयोग गरेर सरकारले आवश्यकता अनुसार ल्याएको अध्यादेशलाई जनताको पक्षमा हुनेछ । यसका बारेमा शंका नगर्न आग्रह गदछु ।
उनले सरकारले आवश्यक परेको समयमा अध्यादेश ल्याउनसक्ने व्यवस्था संविधानले दिएको बताउँदै सरकारले शोषित र पीडित जनताको पक्षमा काम गर्ने जिकिर गरिन् ।
‘शहीदको बलिदानबाट आएको सरकार हो यो । यसले शोषित र पीडित जनताको पक्षमा काम गर्नेछ । यो सरकारप्रति शंका नगर्न आग्रह गर्दछु,’ उनले भनिन् ।