काठमाडौँ सर्वोच्च अदालतले रवि लामिछानेको नेपालको नागरिक कायम नरहेको फैसला गरेपछि डडेलधुराबाट प्रतिनिधिसभा सदस्य पदमा स्वतन्त्रबाट उम्मेदवारी दिएका सागर ढकालले ‘गुलेली झन् तन्किएको’ बताएका छन्।
शुक्रबार लामिछानेको नेपाली नागरिक नभएका फैसला आएसँगै उनले गुलेली झन् तन्किएको बताएका हुन्।
उनले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत लेखेका छन्, ‘पुराना पार्टीहरूले जति गरे पनि यो शक्ति सजिलै चुढ्ने देखिँदैन हजारौँ परिवर्तनका शक्तिको जन्म भइसकेको छ। अदालतको नजिर ठिक छ। दुख दिने मनसाय बेठिक छ। सोच्दै छु मलाई पनि मुद्दा चाही के लाग्ने होला?’
ढकालले भने, ‘यो शक्ति रोकेर कुनै पनि हालतमा रोकिने वाला छैन। हामी सबै युवाहरू सानातिना प्राविधिक कारण देखि लिएर ठुला मुद्दा मामिलामा झन् सशक्त र सजग भई अगाडि बढ्नु पर्ने देखिन्छ, यो एउटा राम्रो उदाहरण भएको छ। विदेशमा बस्ने र नेपाल फर्कन चाहने नेपालीहरूलाई झन् राम्रो पाठ भएको छ। सधैं बिदेसिएर हुँदैन, हजुरहरू पनि अब प्रक्रिया पुर्याएर नेपाल फर्कनुस् देश बनाउन आउनुस्।’
उनले सन्जोगवश आजै पूजा आजाको कार्यक्रम सकेर चितवन रविकै क्षेत्रबाट काठमाडौ फर्किए, फेरि शुभकामना दिनुपर्ने देखिएको बताए।