पूर्वराजा ज्ञानेन्द्र शाहको राजनीतिक सक्रियतालाई लिएर प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)ले गम्भीर समीक्षा गरेको छ ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास खुमलटारमा सोमबार बिहान बसेको पदाधिकारी बैठकमा पूर्वराजा ज्ञानेन्द्रको सक्रियताबारे समीक्षा भएको हो ।
पोखराबाट आइतबार काठमाडौँ फर्किएका ज्ञानेन्द्रलाई राजावादीहरूको समूहले त्रिभुवन विमानस्थलमा स्वागतमात्र गरेनन्, ¥यालीसहित निर्मल निवास पुर्याएका थिए ।