राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालल चार वटा विधेयक प्रमाणित गरेका छन् ।राष्ट्रिय सभामा दर्ता भई दुवै सदनबाट पारित भइसकेका विधेयक अध्याक्ष दाहालले सोमबार प्रमाणित गरेका हुन् ।
अध्यक्ष दाहालले प्रमाणित गरेका विधेयकहरुलाई प्रमाणिकरणका लागि भोलि (मंगलबार) राष्ट्रपतिकहाँ पठाइने उनको सचिवालयले जनाएको छ ।
दाहालले सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, विद्युतीय व्यापार विधेयक, विधायन सम्बन्धी विधेयक र भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक प्रमाणित गरेका हुन् ।