नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछनेको सांसद पद निलम्बन हुनुलाई अनुचित भनेका छन् ।
‘अर्को प्रतिपक्षी दलको नेतालाई अनुचित ढंगले निलम्बन गरिएको छ र त्यसले लोकतन्त्रप्रति जनाआस्थामा पारेको प्रभाव आफैं मूल्यांकन गर्नुहोस्,’ प्रचण्डले भने ।