२२ माघ, गृह मन्त्रालय नपाए सरकार छाड्ने चेतावनी दिंदै आएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बोलाइएको छ ।
संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठका अनुसार सरकारमा बस्ने कि नबस्ने भनेर आइतबार (आज) निर्णय हुनेछ । शनिबार राति पनि रास्वपाको बैठक बसेको थियो । तर बैठक अनिणिर्त भएपछि आइतबार पुनः बैठक बस्न लागेको हो ।