पारिजात स्मृति केन्द्रको आयोजनामा यही वैशाख ५ गते शुक्रबार, दिउँसो २ बजे पारिजात स्मृति भवन, म्हेपी, नयाँबजारमा ३२औं पारिजात स्मृति सभा आयोजना हुने भएको छ।
कार्यक्रमका क्रममा पारिजात–२०८१ पुरस्कार वितरण गरिने जानकारी केन्द्रका महासचिव दिलसुन्दर श्रेष्ठले दिएका छन्। उनका अनुसार विभिन्न विधामा विशिष्ट योगदान दिने स्रष्टाहरूलाई निम्न सम्मान प्रदान गरिनेछ:
• पारिजात बालसाहित्य सम्मान–२०८१ – बालसाहित्यकार तेजप्रकाश श्रेष्ठ
• पारिजात कला सम्मान–२०८१ – चित्र तथा मूर्तिकार उत्तम डङ्गोल
• पारिजात सृजन सम्मान–२०८१ – स्रष्टा बिना थिङ
• पारिजात संघर्षशील नारी सम्मान–२०८१ – डा. विन्दा पाण्डे
पारिजातको स्मृतिमा हरेक वर्ष आयोजना हुँदै आएको स्मृति सभाले स्रष्टाहरूको योगदानलाई सम्मान गर्दै समाजमा सकारात्मक सन्देश फैलाउने उद्देश्य राखेको आयोजकले जनाएको छ।
कार्यक्रम सबैका लागि खुला रहनेछ, र साहित्य, कला तथा सामाजिक योगदानप्रति सरोकार राख्ने जो कोहीले सहभागी हुन सक्नेछन्।
३२औं पारिजात स्मृति सभा स्रष्टा सम्मान
३२औं पारिजात स्मृति सभा स्रष्टा सम्मान

तपाईको प्रतिक्रिया