राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट राष्ट्रिय युवा मोर्चाका अध्यक्ष कैलाश कटुवाललाई प्रहरीले नियन्त्रणमा लिएको छ।
आइतबार सिंहदरबार क्षेत्रबाटै प्रहरीले मोर्चाका अध्यक्ष कटुवाललाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको गाडी भित्र रहेका उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो। प्रहरीले राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, उपाध्यक्ष बुद्धिमान तामाङ र प्रवक्ता ज्ञानेन्द्र शाहीलाई पनि नियन्त्रणमा लिएको छ।
अहिले प्रदर्शनकारीहरू बानेश्वरबाट माइतीघरतर्फ लागेका छन्। राप्रपाले निषेधित क्षेत्र तोड्ने घोषणा गरेको थियो।